चिनियाँ विदेशमन्त्री काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
१७ पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्री काठमाडौँमा

सारांश

  • तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।
  • उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् ।

तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा भारतीय आकाश हुँदै काठमाडौं आइपुगेका हुन्। मौसम खराब हुँदा चिनियाँ विदेशमन्त्री वाङ यी चढेको विमान केही समय आकाशमै होल्ड भएको थियो ।

वाङको राजनीतिक भेटवार्ता सोमबारदेखि मात्रै सुरू हुनेछ। पराराष्ट्रमन्त्रीहरूको प्रतिनिधिमण्डलको बीचमा वाङसँग औपचारिक वार्ता हुनेछ। वार्ता विशेषगरी नेपाल-चीनबीच आर्थिक तथा विकास साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बढी केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?