गाईको समाचारबारे उपसभामुख राधिका तामाङको यस्तो आयो चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
गाईको समाचारबारे उपसभामुख राधिका तामाङको यस्तो आयो चेतावनी

सारांश

  • काठमाडौं, १२ चैत ।
  • प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आमसञ्चारको मूल्यमान्यता र साइबर कानुनको ख्याल गर्न चेतावनी दिएकी छन् ।
  • उपसभामुख तामाङले आज विज्ञप्ति जारी गरी भनेकी छिन्, “सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्यमान्यता एवं साइबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु ।

काठमाडौं, १२ चैत । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आमसञ्चारको मूल्यमान्यता र साइबर कानुनको ख्याल गर्न चेतावनी दिएकी छन् । उपसभामुख तामाङले आज विज्ञप्ति जारी गरी भनेकी छिन्, “सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्यमान्यता एवं साइबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु ।”

यही चैत्र ७ गते नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ पदमपोखरीको घटना सम्बन्धमा गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको घटना सन्दर्भमा आफ्नो नाम जोडेर गलत प्रचारबाजी गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेकी छन् । उनले भनेकी छन्, “यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पु¥याउने, धर्म निरपेक्षतामाथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भई राजनीतिक अभीष्ट पूर्तिका लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन सबैमा आग्रह गर्दछु ।”

उपसभामुख तामाङले नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तुहरु ध्यानाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको बताउँदै सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएको बताएकी छन् । “तर केही अनलाइन मिडियाले नियोजितरुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ”, विज्ञप्तिमा भनिएको छ । त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद भएको उपसभामुख तामाङ बताएकी छन् ।

मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी भएको उपसभामुख तामाङको भनाई छ । “गृहमन्त्रीसमक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो पनि कर्तव्य ठान्दछु र निर्दोषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो”, विज्ञप्तिमा भनिएको छ ।

देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी भएको बताउँदै विज्ञप्तिमा संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जाने उल्लेख छ । उनले भनेकी छन्, “यस सन्दर्भमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु ।”

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Bimala Kc

    Gai khana kanoon banauna la rape garna lai fassi Dana kanoon banauna Bhaya kasto hunthio hola

    Comment Author

    Silwal Raju

    राधिका तामाङ ज्यू गल्तिनै गर्नु भएको छैन भने किन बिना काममा टाउको दुखाउनु हुन्छ।हजुर हरूलाई चुनाबमा भोट दिएर ठाउमा पुर्याएको बिकास को लागि हो। खानाको मेनु बनाउन हैन किन कुरा बुज्नु हुन।बे कारमा किन समय खेर फाल्नु हुन्छ बिना कामको कुरामा…???

    Comment Author

    Indra Acharya

    बडि बक, बक नगर , अनुसन्धान हुनु पर्छ !!
    कार्बाहि मिडिया हाे कि , उप सभामुख हने ?
    ले सजाय पाउनु पर्छ !
    गाै बँस हत्याराहरुलाइ छाडिन्न !!!१

    Comment Author

    Rukmagat Rukmagat

    He

    Comment Author

    Niranjan Baral

    राष्ट्रिय जनवारको खान पाऊन पर्छ भन्ने तिमीलाई पद्ध मुक्त गरि कानून बमोजीम कार्बाई गर्नु पर्छ

    Comment Author

    Indra Jit BcBs

    राधीका जी अझ अर्को झुट बोल्दै हुनुहुन्छ।धर्मनिरेपक्षता ठुलो आन्दोलन बाट प्राप्त भयको भनेर प्रचार नगर्नु होस। यो जन्ताको माग थियन तपाई हरु जस्ता गाइ खान पाउनु पर्छ र जन्ताको खुन चुस्न पाउनु पर्छ भन्ने चोर फटाहा नेता र नेतेहेनी को छलकपटले आयको।

    Comment Author

    Jailal Marasini

    जे भएपनी तपाई आङ्काजीको लाइनमा लाग्नु हुदैनथ्यो । अनि तपाईले त धार्मिक सहिष्णुता कायम राख्नुपर्ने हो। गल्ती त गर्नु भएकै रहेछ । तर स्पष्टीकरण स्पष्ट हुने गरि दिनुहोस् । कसैको कुनै पनि जातिको आस्थामाथी चोट पुराउन हुदैन । हामी सबै परापुर्बकाल देखि मिलेर बसेका छौँ । हैन त !! उपसभामुख ज्यु ….!!

    Comment Author

    Yog Raj Adhikari

    राधिका जी तपाइले पदिय मर्यादाको ख्याल गर्नु पर्थ्यो।तपाईं कुन मिसन बाट परिचालित हुनुहुन्छ तिनले अबस्य टिप्स दिय।जातिय सहिष्णुता भाद्ने काम नगर्नुस।

    Comment Author

    Arjun Thapa

    Bhuto na bhabisya ka le rajnity garxna aasal rajnitigya ma hunu parne 1/2 wata samma gun xena aani yatro hunx aafule bolne sabda ko taul ra chetra samma aandaj garna nasakne k ko neta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?