मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

सारांश

  • बेत्रावती, २४ माघ , नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
  • ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो ।

बेत्रावती, २४ माघ , नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई परीक्षणका लागि त्रिशूली जिल्ला अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?