वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
४६ पटक हेरिएको
Shares
वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट

सारांश

  • भारतीय यात्रीलाई वीरगंज बसपार्कबाट कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट जारी गरी नेपालको विभिन्न भागमा पु¥याइने गरेको तथ्य खुल्न आएको छ ।
  • नेपालमा सार्वजनिक यातायात सञ्चालन भएप्छि भारतीय यात्रीलाई पिसिआर अनिवार्य गरिएको छ ।
  • अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।

भारतीय यात्रीलाई वीरगंज बसपार्कबाट कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट जारी गरी नेपालको विभिन्न भागमा पु¥याइने गरेको तथ्य खुल्न आएको छ । नेपालमा सार्वजनिक यातायात सञ्चालन भएप्छि भारतीय यात्रीलाई पिसिआर अनिवार्य गरिएको छ । अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।

वीरगंजमा पिसिआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ । तर यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट थोरै पैसा लिएर उपलब्ध गराउने गरेको एकजना यात्रीले बताए । असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायातमा भारतीयहरूलाई अनिवार्यरूपमा पिसिआर रिपोर्ट हुनुपर्ने र नेपालीको हकमा नागरिकता लिएर यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वीरगंजबाट अहिले दैनिक काठमाडौं, पोखरा, नारायणगढ जाने बसमा ८० प्रतिशत यात्री भारतीय हुने गरेको पाइएको छ । वीरगंजबाट जाने यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नै नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउँछन् । नारायणी अस्पतालले भारतीयहरूको पिसिआर परीक्ष्ँण जिल्ला प्रशासन कार्यालयको आदेशमा रोकिएको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार
चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
 एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि  : अध्यक्ष ओली
 एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’