गोर्खाल्याण्ड : नकोरिएको इतिहास
सारांश
- युवराज पाण्डे प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन् ।
- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट अर्थात्, यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ ।
- यदि उसको मातृभाषामा भन्नुभयो भने त्यो मुटुसम्म पुग्छ ।
- युवराज पाण्डे
प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन् । इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट अर्थात्, यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने त्यो मुटुसम्म पुग्छ ।
मण्डेलाको उक्त हरपले आफ्नो मातृभाषा कति प्यारो हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । हो ठिक त्यस्तै अहिले दार्जीलिङ यहि प्रकारको आफ्नो असली पहिचानको लागि लडिरहेको छ । अहिलेसम्म बंगालको मुख्यमन्त्री ममता बेनार्जिको ठाडो आदेशमा सेनाको गोलि लागि ३ जनाको ज्यान गएको छ । यससँगै अहिले भारतको उत्तर पूर्वस्थित पश्चिम बंगाल राज्यको १७ जिल्लामध्ये सबै भन्दा सानो जिल्ला दार्जीलिङ तनावग्रस्त र आतंकित बनेको छ ।
साथसाथै, भारतले उक्त क्षेत्रमा प्रजातन्त्रको मूलमर्म आफ्नो शान्तिपूर्ण प्रदर्शन गर्न पाउने जनताको नैसर्गिक हकमाथि धावा त बोलेकै छ, साथसाथै, नेपालमा प्रजातन्त्रको ’पाठ’ सिकाउने उसको दैद्ध चरित्र समेत उदाङ्गिएको छ । खासगरी गोर्खाल्यान्ड आन्दोलन पटकपटक उठ्दै, सेलाउँदै अहिलेको अवस्थामा आइपुगेको छ । ५ अप्रिल १९८६ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आव्हानमा गोर्खाल्याण्ड आन्दोलन शुरु भएसँगै हालसम्म आन्दोलनको क्रममा १,२०० भन्दा बढी नेपालीभाषी दार्जीलिङबासीको ज्यान गैसकेको छ ।
आखिर किन पटकपटक गोर्खाल्याण्ड यसप्रकारको डरलाग्दो अन्त्यहिन संघर्षमा होमिएरहेको छ ? अर्थात्, केन्द्रिय सरकार नेपालीभाषीहरुको बाहुल्य रहेको क्षेत्रलाई गोर्खाल्याण्ड घोषणा गर्न चाहदैँन् ? उक्त अनुत्तरित प्रश्न सँगै सिंगो गोर्खाल्याण्ड अहिले आफ्नो अधिकार प्राप्तिको लागि संघर्षरत छ ।
के हो गोर्खाल्याण्ड ?
गोर्खाल्याण्ड भारतको पश्चिम बंगाल राज्यमा रहेको दार्जीलिङ तथा डुवर्सको केही भू(भागलाई सो राज्यबाट छुट्याई अर्को एउटा नयाँ राज्य निर्माण खोजिएको नेपालीभाषीहरुको आन्दोलनको नाम हो । १७०५ सम्म भारतको सिलगढी छोडी यो जिल्ला र जलपाइगुढी जिल्ला समेत सिक्किम देशको अंश थियो । तर पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा सन् १७८८ मा नेपालले सिक्किमसित लडाई गरेर सिक्किमको पश्चिममा मेचीदेखि पूर्वमा टिष्टा नदीसम्मको झण्डै ४ हजार वर्गमाइलको भूभाग नेपालको नक्सामा विलय गरेको थियो । बिडम्बना, सन् १८२६ मार्च ४ मा सुनौली सन्धीद्वारा युद्धको समाप्ती गरेर नेपालले पहिले सिक्किमबाट जितिराखेका ४ हजार वर्गमाइल इलाकाको अतिरिक्त आफ्नो कब्जामा रहेका अलमोडा, मसुरी, नैनीताल र सिमला जस्ता अति सुन्दर भूभागहरु इष्ट इन्डिया कम्पनीलाई सुम्पिएको थियो । त्यो नै नेपालको लागि कालो दिन थियो भने हाल दार्जीलिङबासीहरुमा पनि त्यस ताका अहिलेसम्म दोस्रो दर्जाको नागरिक भै बस्न परेको अवस्था छ ।
तर, पछि सिक्किमका राजा र इष्ट इन्डिया कम्पनी माझ पहिले गरेको सम्पूर्ण सन्धी रद्द गरेर सन् १८६१ मार्च २८ मा व्रिटिश सरकारले इष्ट इन्डिया कम्पनीसित गरेको सम्झौता अनुरुप दार्जीलिङ भूभाग छुट्टै इलाकाको रुपमा रहेको कुरा बतायो । र सन् १९४७ मा भारत स्वतन्त्र हुँदा दार्जीलिङले भारत र पाकिस्तान दुई भागमा विभाजन गरेको थियो । त्यसमा पनि दार्जीलिङ विवादित रह्यो । सन् १९४७ को अगष्ट महिनामा पाकिस्तानले आफ्नो जिम्मामा लगाउनुपर्ने भनेर दावी गर्दै ६ दिनसम्म दार्जीलिङमा आफ्नो झण्डा गाडेको थियो । यद्यपि भारतले सन् १९४७ अगष्ट १५ देखि दार्जीलिङ आफ्नो अधिकारमा राख्दै सन् १९५० जुलाई ३० मा नेपालसित शान्ति र मैत्रीको रुपमा १० बुँदे सन्धी गरेको थियो ।
अंग्रेज साम्राज्यसँग झुकेसँगै नेपालले एक पछि अर्को आत्माघाती सम्झौता गर्दै गयो । फलस्वरूप, उक्त सन्धि नेपाले गर्यो । तर धारा ८ मा ब्रिटिश सरकार र नेपाल सरकारबीच पहिलो भएका सबै सन्धी, सम्झौता तथा लिखितहरु रद्द गरेको भन्ने छ । त्यस अर्थमा नेपालले ब्रिटिश भारतलाई पहिले सुम्पेका सबै भूभाग नेपालकै हुन आएको र ती क्षेत्रमा रहेका सबै नेपाली भाषी नागरिकहरु नेपालकै भएको प्रष्ट हुन्छ ।
यहाँ के कुरा चाखलाग्दो छ भने १९५० को सन्धीको धारा ७ अनुसार भारत सरकार भारतीय नेपाली र प्रवासी नेपालीबारे प्रष्ट छैन् । भारत सरकाले दुवैथरिका नेपालीलाई एउतै आँखाले हेर्ने गरेको छ । र आफ्नो भूभागमा पहिलेदेखि बसी आएका नेपालीहरुलाई आफ्नो नागरिक ठान्दैन् । सँगसँगै, नेपालको भूगोलमा समावेश नभएकोले दार्जीलिङवासी नेपालीहरुलाई नेपालले दार्जीलिङबासीरुलाई भारतीय ठान्दछ । उक्त कारण, उक्त क्षेत्र राजनैतिक रुपमा चेपुवामा परेको छ । त्यस अन्तरविरोधका कारण सन् १९५० को धारा ७६ को प्रतिवादमा गोर्खाल्याण्डको आन्दोलनको दौरानमा उक्त सन्धीलाई समेत जलाइएको थियो ।

सन् १८१५ को सुगौली सन्धी पश्चात दार्जीलिङ कम्पनी सरकारको भारतमा गाभिएको थियो । तर, भारतका भूपू प्रधानमन्त्री स्व. मोरारजी देसाइले सन् १९७९ को दार्जीलिङ भ्रमणको बेला उनले तिमीहरु प्रवासी मात्र हौ र उनीहरुले बोल्ने भाषा नेपाली भाषालाई विदेशी भाषा भनेर विवादास्पद अभिव्यक्ति दिए ।
त्यो नै गोर्खाल्याण्डको लागि रोपिएको पहिलो बिया थियो । र, १९८० अप्रिल ५ मा गोर्खाल्याण्डको नीतिगत रुपमा उदय भयो । सन् १९८६ अप्रिल ५ देखि राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङगेहरुले ठूलो क्रान्ति गरे । त्यसपछि भूपू प्रधानमन्त्री स्व. राजीव गान्धीले ‘गोर्खाल्याण्ड छुट्टै राज्यको माग राष्ट्रविरोधी एवं विच्छिन्नवादी नभएको’ भएर भनिदिए । त्यसले आन्दोलनलाई झनै मलजल मिल्यो र आन्दोलनले झनै उग्र रुप लियो ।
आन्दोलनको क्रममा हजारौं घरहरु जले, ठूलो जनधनको क्षति भयो, र ४० दिनसम्म त्यस समय दार्जीलिङ बन्द पनि भयो । यसरी, इतिहासबाट थिचिएको गोर्खाल्याण्ड बिहिन्न कालखण्डमा पिसिदै, चेपुवामा पर्दै आफ्नो आत्मसम्मानको लागि लडाई अनबरत रुपमा जारी राखेको छ ।
पछिल्लो समय, ७ अक्टोबर २००७ मा बिमल गुरुङको अध्यक्षतामा गोर्खा जनमुक्ति मोर्चा गठन गरि औपचारिक रुपमा अहिलेको दार्जीलिङ मुक्तिको खातिर प्रयासरत छ । त्यसपछि गुरुङलगायत अन्य संघ सस्थाको पहलमा २१ डिसेम्बर २००९ मा दार्जीलिङमा चौथो त्रिपक्षीय वार्ता भयो । वार्तामा पहिलोपटक गोर्खाल्याण्ड राज्य स्थापना प्रक्रियाबारे औपचारिक छलफल भएको थियो । र १८ मार्च २०१० मा नयाँ दिल्लीमा त्रिपक्षीय राजनैतिकस्तरको वार्ता भै सन् २०११ डिसेम्बर ३१ सम्मका लागि अन्तरिम व्यवस्था गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
त्यसपछि, अत्यन्त रहस्यमय ढंगबाट २१ मे २०१० मा अभागोलिका अध्यक्ष मदन तामाङको हत्या भयो । १२ जनवरी २०११ मा छुट्टै राज्यका लागि तेलङ्गानासरह गोर्खाल्याण्डलाई पनि सम्बोधन गर्न माग गर्दै चरणबद्ध २७ दिने आमहड्ताल सुरु गरेका थिए । त्यस समय, ४ फेब्रुअरी २०११ मा आन्दोलनको क्रममा –जलपाईगुडी जिल्लाको सिब्चुको सिब्चुमा प्रहरीको गोली लागेर विमला राई र विक्की लामाको मृत्यु भएको थियो । र, दार्जीलिङको गोर्खाल्याण्ड उताढचढाव आउँदै अहिलेको अवस्थासम्म आइपुगेको छ ।
तर यहाँ मनमा चोट पर्ने कुरा के छ भने भारतको केन्द्र सरकारले गोर्खाल्याण्डको माग भन्दा पछिका नयाँ मागका राज्यहरु उत्तराखण्ड, छत्तिसगढ र झारखण्डको निर्माण गरीदिएको छ । त्यहि प्रकारको नेपाली भाषीहरुको मागलाई भने उसले बेवास्ता गर्दै नेपाली भाषीहरुमाथि ठूलो राजनैतिक अन्याय गरेको छ ।
त्यसकारण कुनै पनि जाती, भाषा वा सम्प्रदाय उसको रंग वा वर्णको कारणले ठूलो सानो हुँदैन । भारतले नेपालको मामिलामा बर्सौंदेखि पाठ पढाउँदै आएको छ । नेपालको संबिधानमा यो लेख, उ लेख भनेर उसको हुकुमी आदेश दिँदै आएको छ तर उसको आफ्नै घरमा भने अल्पसंख्यक नेपाली भाषीहरुमाथि नाङ्गोरुपमा नेपाली भाषी भएको कारण विभेद गरेको छ । तर उक्त विभेद भुसको आगो झैँ भित्रभित्रै सल्किसकेको छ ।
उसलाई अहिले नेपालले पाठ सिकाउन पर्ने समय हो । तर हाम्रो देशको मूल नेतृत्व भारतको गुलामीभन्दा माथि उठ्न सक्ने अवस्था छैन् । र जनताको तवरमा हामीले भाषाको नाताले हामीले ऐक्यबद्धता जानेका छौं । र नेपालमा पनि यसबाट पाठ सिक्दै कुनै समुदायप्रति उसको भाषाको सम्मान गर्न सिकौ । र विरताको गाथा बोकेको गोर्खाल्याण्डलाई ससम्मान उसको हक प्राप्तिको लागि (जय गोर्खाल्याण्ड !
प्रतिक्रिया