नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड

सारांश

  • चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्यूनिष्ट आन्दोलन ऐतिहासिक मोडमा पुगेको भन्दै अव छिट्टै नेपालमा एउटै शक्तिशाली कम्यूनिष्ट पार्टी बन्ने दावी गरेका छन् ।
  • पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदार समेत रहेका प्रचण्डले बुधबार नेपाल लोकतान्त्रिक दराई संघ तथा दराइ राष्ट्रिय मुक्ति मोर्चाले भरतपुरमा आयोजना गरेको संयूक्त चुनावी सभालाई सम्बोधन गर्दै दराइ समुदायको परिबर्तनकारी आन्दोलनमा महत्वपूर्ण र बिशिष्ट भूमिका रहेको धारणा पनि राखे ।
  • उनले कम्यूनिष्ट हरूलेमात्र सम्पुर्ण उत्पीडित समुदायको हकहित र अधिकारको रक्षा र प्रर्वद्धन गर्ने बताए ।

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्यूनिष्ट आन्दोलन ऐतिहासिक मोडमा पुगेको भन्दै अव छिट्टै नेपालमा एउटै शक्तिशाली कम्यूनिष्ट पार्टी बन्ने दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदार समेत रहेका प्रचण्डले बुधबार नेपाल लोकतान्त्रिक दराई संघ तथा दराइ राष्ट्रिय मुक्ति मोर्चाले भरतपुरमा आयोजना गरेको संयूक्त चुनावी सभालाई सम्बोधन गर्दै दराइ समुदायको परिबर्तनकारी आन्दोलनमा महत्वपूर्ण र बिशिष्ट भूमिका रहेको धारणा पनि राखे । उनले कम्यूनिष्ट हरूलेमात्र सम्पुर्ण उत्पीडित समुदायको हकहित र अधिकारको रक्षा र प्रर्वद्धन गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आसन्न  निर्वाचन राष्ट्रको  भाग्य र भबिस्यसँग जोडिएको बिषय भएको भन्दै बामपन्थी गठवन्धनका सम्पूर्ण उम्मेद्वारहूलाइ निर्वाचन हार्ने छुट नभएको धारणा राखे ।

‘बामपन्थीहरूको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको बिकास सम्भब छ त्यसकारण बाम गठबन्धनका उम्मेद्वारहरूलाई मतदान गर्नुस् यसमै सवैको भलो हुन्छ ।’प्रचण्डको भनाई थियो । कार्यक्रमा नेकपा एमालेका नेता तथा प्रचन्ड बिजयी अभियानका उप संयोजक देबी ज्ञवालिले नेपालको सबै परिबर्तकनकामी आन्दोलनमा दराइसमुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै सबै उत्पिडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने बताए ।

कार्यक्रममा नयाँशक्ति र राप्रपाका नेता कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए । उनिहरुलाई अध्यक्ष प्रचण्डले अविर लगाएर स्वागत गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?