अवकाश हुँदै तीन सचिव, कस्को के दाउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ

सारांश

  • काठमाडौं, ६ माघ ।
  • सरकारका तीन सचिवले यसै महिना अवकाश पाउँदैछन् ।
  • २२ माघ २०७१ मा सचिवमा बढुवा भएका राजन खनाल, प्रेमकुमार राई र गजेन्द्र ठाकुरले अवकाश पाउन लागेका हुन् ।

काठमाडौं, ६ माघ । सरकारका तीन सचिवले यसै महिना अवकाश पाउँदैछन् । २२ माघ २०७१ मा सचिवमा बढुवा भएका राजन खनाल, प्रेमकुमार राई र गजेन्द्र ठाकुरले अवकाश पाउन लागेका हुन् । अवकाश पाएपछि पनि संवैधानिक आयोगमा नियुक्ति वा अन्य जिम्मेवारी लिन तीनैजना सचिव सक्रिय भइसकेका छन् ।

२२ माघबाट अनिवार्य अवकाश पाउनेमध्येका राजन खनाल अर्थमन्त्रालयमा छन् । उनी अख्तियारको आयुक्तका दाबेदार हुन् । प्रेमकुमार राई गृहसचिव हुन् । उनी पनि अख्तियारको आयुक्तमा दाबी गर्दै आएका छन् ।नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर पछिल्लो समय निकै चर्चामा छन् । ट्रष्टको जग्गा लिजमा लिंदा भएका अनियमितता उनको पालामा बाहिर आयो । ट्रष्टको हराएको र हडपिएको जग्गा खोजीमा पनि उनले महत्वपूर्ण भूमिका निभाए । ठाकुर पनि संवैधानिक निकायमा नियुक्तिको आशामा छन् ।

खनाल र राईलाई वर्तमान सत्तारुढ दलले पनि रुचाएको छ । ठाकुरको भने खानेपानीमन्त्री विना मगरसँग विवाद भएको थियो ।अख्तियारमा प्रमुख आयुक्तमा प्रेमकुमार राईको निकै चर्चा छ । तर, उनलाई नेकपाको एउटा पक्षले रोक्न खोजिरहेको छ । अख्तियारमा दुई आयुक्त खाली छ । प्रमुख आयुक्त नविन घिमिरे पनि ६५ वर्ष उमेर हदका कारण अबको सात महिनापछि घर जाँदैछन् । यसकारण आयुक्तको दौडधूप तिव्र भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
प्रधानमन्त्री ओलीको घाउ निको हुँदै
प्रधानमन्त्री ओलीको घाउ निको हुँदै
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि

तपाईंले छुटाउनुभयो कि?