गोली खाएर देश छोडेकी मलाला पहिलोपटक फर्कंदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गोली खाएर देश छोडेकी मलाला पहिलोपटक फर्कंदै

सारांश

  • नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्।
  • हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्।
  • बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एकजना बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए।

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्।

हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्।

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एकजना बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए।

‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै’ युसुफजाइको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य रखिएको एकजना अधिकारीले समाचार संस्था एएफपीलाई बताए।

अपेक्षा

युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

कडा सुरक्षाबीच इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना आमाबुबासँग उनी देखिएको भिडिओ फूटेज पाकिस्तानी टेलिभिजनहरूले देखाएका छन्।

११ वर्षकै उमेरमा युसुफजाइले तालेबान विद्रोहीको शासनमा उत्तर-पश्चिमी पाकिस्तानमा आफ्नो जिन्दगीबारे बीबीसी उर्दूका लागि अज्ञात डायरी लेख्न शुरू गरेकी थिइन्।

लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी युसुफजाइमाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो।

ख्याति

त्यसपछि उनको कथाले अन्तर्राष्ट्रिय ख्याति दिलायो।

उनीमाथि गोली प्रहार गरिएपछि उपचारका लागि ब्रिटेनको बर्मिङघम पुर्‍याइयो। र, पछि उनको परिवार त्यहीँ बस्न थाल्यो।

सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन्।

सन् २०१४ मा बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र देशको प्रधानमन्त्री बन्ने उद्देश्य राख्ने बताएकी थिइन्।

-बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
चिकित्सा शिक्षा विधेयक पारित
चिकित्सा शिक्षा विधेयक पारित
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !

तपाईंले छुटाउनुभयो कि?