गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
सारांश
- रसुवा—जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ।
- मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।
- छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो।
रसुवा—जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।
छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो।
एक पटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई भाग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया