मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २४, २०७९
|
|
२० पटक हेरिएको
Shares
मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

सारांश

  • काठमाडौं।
  • इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ।
  • शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो।

काठमाडौं। इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ। शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो।

गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पा-यो

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए। गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?