महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
३६ पटक हेरिएको
Shares
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत

सारांश

  • काठमाडौं।
  • अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्।

काठमाडौं। अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ।

विपद्प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए।

केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो। कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु।’

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरु चिन्तित रहेको बताए।

महासंघका अध्यक्ष स्वाँरले आफूहरुलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गरे।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् । ‘यो हाम्रा लागि ठूलो निर्णय हो,’ उनले भनिन्, मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’

यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्र्तगत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ।

यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त
कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
लकडाउनको मौका छोपी वन कटानी र काठ चोरी तीव्र
लकडाउनको मौका छोपी वन कटानी र काठ चोरी तीव्र
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स

तपाईंले छुटाउनुभयो कि?