चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने

सारांश

  • काठमाडौं – भोलि साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ ।
  • चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ ।
  • यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ ।

काठमाडौं – भोलि साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।

२०७४ साल साउन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।  साउन २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।

उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन । सन् २०१७ को चन्द्रग्रहण हो जसको खास कारण केही छैन । यस ग्रहणमा सूतकलाई मान्यता छैन । भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण हो । जसलाई खुल्ला आखाले देख्न सकिदैंन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ ।

२०७४ साल साउन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।  साउन २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।

के गर्ने, के नगर्ने

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

कुन राशिका लागि शुभ, कुनका लागि अशुभ

मेष : सुख र शुभ
वृष : मानसम्मानमा कमी
मिथुन : शारीरिक कष्ट
कर्कट : दाम्पत्य जीवनमा कष्ट
सिंह : कार्यसिद्धि
कन्या : चिन्ता तथा तनाव
तुला : रोग, भय
वृश्चिक : धनलाभ
धनु : हानि
मकर : चोट र भय
कुम्भ : धनहानि
मीन : धन र लाभ वृद्धि

श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर राशिका व्यक्तिहरुलाई अतिकष्ट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
काभ्रेमा बद्रीराज विजयी
काभ्रेमा बद्रीराज विजयी
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर