विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा

सारांश

  • काठमाडौं।
  • सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको राजधानीमा आशिंक प्रभाव परेको छ।
  • बन्दलाई मध्यजनर गर्दै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ।

काठमाडौं। सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको राजधानीमा आशिंक प्रभाव परेको छ। बन्दलाई मध्यजनर गर्दै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ। चोक चोकमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सार्वजनिक सवारी साधन उल्लेख्य रुपमा संचालन नहुँदा सर्वसाधारणलाई भने मार्का परेको छ।
विप्लव समूहले बन्द आह्वान गरेपछि राजधानीका अधिकांश शैक्षिक संस्था बन्द रहेका छन्। क्याम्पस बन्द भएपछि विद्यार्थीको चहलपहल देखिएको छैन। विप्लव समूहले गत बिहीबार प्रहरीसँगको दोहोरो मुठमेडका क्रममा मारिएका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेपाल बन्दको आह्वान गरेको थियो।

गत बिहीबार सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको मुठमेडका क्रममा पौडेलको मृत्यु भएको गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिलाई सोमबार जानकारी गराएका थिए। तर राज्य व्यवस्था तथा सुशासन समितिले भने पौडेले मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एकसाताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?