चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
३० पटक हेरिएको
Shares
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .

सारांश

  • जेष्ठ ३१, २०७४- उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् ।
  • विराटनगरमा पत्रकारसंग कुरा गर्दै उनले संविधान कार्यान्वयनको प्रमुख खुड्किलो तीनवटै तहको चुनाव भएकोले सरकारले जसरी पनि दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताएका हुन् ।
  • ‘म जबरजस्ति पेलेर चुनाव गराउने पक्षमा छैन,’ उनले भने, ‘जबरजस्ति पेलेर चुनाव गराए मुलुकमा समस्या बल्झिन्छ र द्वन्द्व बढ्छ ।

जेष्ठ ३१, २०७४- उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् ।

विराटनगरमा पत्रकारसंग कुरा गर्दै उनले संविधान कार्यान्वयनको प्रमुख खुड्किलो तीनवटै तहको चुनाव भएकोले सरकारले जसरी पनि दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताएका हुन् ।

‘म जबरजस्ति पेलेर चुनाव गराउने पक्षमा छैन,’ उनले भने, ‘जबरजस्ति पेलेर चुनाव गराए मुलुकमा समस्या बल्झिन्छ र द्वन्द्व बढ्छ ।’ मधेसवादी दल संवैधानिक प्रक्रियामा आएकोले राज्यले उदारता देखाउनुपर्ने उनको तर्क थियो ।

‘राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने ग्यारेण्टी गर्छ भने सार्थक चुनावका लागि ११ वटा जिल्लामा तेस्रो चरणमा चुनाव गराउन सकिन्छ,’ उनले भने, ‘३२ वटा जिल्लामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन्छ ।’

‘संविधान संशोधन चुनाव अगाडि हुन नसक्ने अवस्था रहेकोले यसमा कसैले अड्डी कस्नु हुँदैन,’ उनले भने, ‘संविधान संशोधनको पक्षमा आफू पनि रहेको तर त्यो पारित हुने गरि मात्रै प्रक्रिया लैजानु पर्छ ।’ त्यसैले जिद्दी छोडेर राष्ट्रिय जनता पार्टीलाई संबिधान संशोधन बाहेकको कुरा मिलाएर चुनाव सहभागी हुन उनले आग्रह गरे ।

http://bit.ly/2t1dGOU

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
Congratulations! Filmmaker Rajkumar Gupta ties the knot with ‘No One Killed Jessica’ actress Myra Karn!
Congratulations! Filmmaker Rajkumar Gupta ties the knot with ‘No One Killed Jessica’ actress Myra Karn!
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही
नेपाली रेल सजिदै, भोली विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने
नेपाली रेल सजिदै, भोली विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘

तपाईंले छुटाउनुभयो कि?