डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा

सारांश

  • काठमाडौ, ३ माघ ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।

काठमाडौ, ३ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।

बृद्धि गरिएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मट्टीतेल ७१ रुपैयाँ लिटर भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मूल्य बढाएर पठाएकाले मूल्यवृद्धि गर्नुपरेको भट्टराईले बताए ।

निगमका अनुससार अझै पनि डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको छ । “मूल्य समायोजन गर्दा निगमलाई अझै पाक्षिक १९ करोड रुपैयाँ घाटा छ”, भट्टराईले भने । ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ । ग्याँस प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री भइरहेको छ छ । त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति केएलको ८ सय डलर रहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Adhikari

    Ghata cha vane bechnu banda gare huncha nepali janata le jasari vaya pani kam chalau cha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?