मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..

सारांश

  • काठमाडौं ।
  • निर्माणाधिन अवस्थामा रहेको यूएन पार्कको झन्डै ३ सय १ रोपनी जग्गा अनाधिकृत व्यक्ति तथा संस्थाहरुले कब्जा गरिरहेको पाइएको छ ।
  • यसरी कब्जा जमाउनेहरुमा एनजिओ, ठेकेदार, सुकुम्बासीदेखि फुटबल क्लबसम्म छन् ।

काठमाडौं । निर्माणाधिन अवस्थामा रहेको यूएन पार्कको झन्डै ३ सय १ रोपनी जग्गा अनाधिकृत व्यक्ति तथा संस्थाहरुले कब्जा गरिरहेको पाइएको छ । यसरी कब्जा जमाउनेहरुमा एनजिओ, ठेकेदार, सुकुम्बासीदेखि फुटबल क्लबसम्म छन् ।

केही दिनअघि शहरी विकास मन्त्री प्रभु साह यूएन पार्कको अवस्थाको बारेमा जानकारी लिन पुगेका थिए । मन्त्रीले गाडी रोकेको ठाउँ अगाडि नै सार्वजनिक जग्गामा कवाडी सँकलन गरेर राखिएको थियो ।

मन्त्री साहले संयुक्त राष्ट्रसंघ पार्क विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीलाई ठाडै भने, ‘के यो व्यवसायमा तपाईको पनि मिलेमतो छ ? नत्र कसरी चलाउन सम्भव भयो यो ?’

चौधरी नाजवाफ भए । मन्त्री साहले कवाडी तत्काल हटाउन चौधरीलाई निर्देशन दिए । चौधरीले मुन्टो हल्लाए ।

कवाडीको नजिकै महिला वातावरण संघ भन्ने एनजिओको भवन ठडिएको छ । यो भवनले यूएन पार्कलाई कुनै पनि शुल्क तिर्दैन । यसमा यूएन पार्कका पूर्व कर्मचारीको पनि मिलेमतो देखिन्छ । यो भवन बनाउन पूर्व शाखा अधिकृत सागर रिजालले लिखितरुपमै अनुमति दिएका छन् । आखिर पार्क निर्माण गर्नुपर्ने स्थलमा उनले किन दिए भवन निर्माण गर्न ?

खोज्दै जाँदा यूएन पार्कको जग्गामा अरु पनि थुप्रैले जथाभावी रुपमा भवन निर्माण गरेको देखियो । छेवैमा मधुमेह संघको भवन छ । यसले भवन निर्माणको लागि यूएन पार्कसँग कुनै अनुमति लिएको छैन । यो भवन हटाउनको लागि यूएन पार्कले अहिलेसम्म दुईपटक पत्राचार गरेको चौधरी बताउँछन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?