साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘

सारांश

  • अभियुक्त टेकराज ठकुरीले दिएको बयान मेरो घर काभ्रेपलान्चोक जिल्लाको देउपुर मन्डन गाउँपालिका–१२ मा पर्छ ।
  • ०६२ सालतिर काठमाडौँ आएर नयाँबजारमा रहेको काकाको घरमा बस्न थालेँ ।
  • दुई–तीन महिना रोजगारीविना बसेपछि कामको खोजीमा लागेँ ।

अभियुक्त टेकराज ठकुरीले दिएको बयान
मेरो घर काभ्रेपलान्चोक जिल्लाको देउपुर मन्डन गाउँपालिका–१२ मा पर्छ । ०६२ सालतिर काठमाडौँ आएर नयाँबजारमा रहेको काकाको घरमा बस्न थालेँ । दुई–तीन महिना रोजगारीविना बसेपछि कामको खोजीमा लागेँ । जे काम पाइन्छ, त्यही गर्न थालेँ । सोही क्रममा न्युरोडस्थित एक मलमा पार्किङ शुल्क उठाउने काम पाएँ । यस्तै क्रममा मेरो एक जना नजिककै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भयो । उसको सुन पसल रहेछ ।सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणी उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न सुरु गरे । एक दिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने । गोरेले श्रेष्ठसँग भनेका थिए, ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ ।सुरुमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाऊ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन् । तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन् । दुबई जान राजी भएपछ श्रेष्ठले उनलाई गोरेकहाँ पठाए । तीनकुनेमा गोरे र मल्लको भेट भयो । तीनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एक पटक फनक्क घुम्न लगाएको बयान दिएका छन् ।

एक दिन उनले बेनु श्रेष्ठसँग मलाई सङ्केत गरेर केटोलाई हाम्रो काममा लगाउनुपर्छ भने । बेनुले मलाई विदेश जान प्रस्ताव गरिन् । विभिन्न प्रलोभन देखाइन् । म उनको कुरामा फसेँ । तीन महिनापछि ५–७ जनाको समूहमा मलाई दुबई पठाइयो । दुबई एयरपोर्टमा सञ्जय खरेल लिन आए । उनले नजिकैको कोठामा पु‍९याए । केही बेरमा गोरे पनि त्यहीँ आयो । र, लगत्तै निक्लिहाल्यो ।१५ दिनपछि गोरेको खबर आयो ल तँ नेपाल फर्की । उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन् । उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन् । उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सिकाइन् । ‘तैँले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टिजी भन्ने सानु बनलाई दिनु भनिन्।,’ उनको बयानमा भनेका छन् ।सुरुमा मल्लसँगै शिवानी पनि आएकी थिइन् । विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन् । विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई ठकुरीले चार किलो सुन बुझाएका थिए । झन्डै १० वर्ष अघि ४ किलो सुन नेपाल भित्र्याएर ठकुरीले तस्करी थालेका थिए ।

त्योबापत् उनले ६० हजार रुपैयाँ पाए । ठकुरीले बयानमा भनेका छन्, ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए ६० हजार रुपैयाँ दिए र फेरि पनि जानुपर्छ है भने ३ दिनपछि सुन बोक्न ठकुरी फेरि दुबई गए यसपालि उनी एक्लै थिए बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरे । दुबईमा गोरेलाई भेटे १५ दिन त्यहीँ बसे पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिए । गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म र्पुयाइदिए । त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए । ‘त्यसपछि पनि उनीहरूले भने बमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउँथेँ, एक पटक १६ किलो पनि ल्याएको थिएँ,’ उनले बयानमा भनेका छन् ।केही समयपछि बेनु श्रेष्ठ र गोरेको पाटनरसिप छुट्यो ठकुरी गोरेसँग काम गर्न थाले । काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे । चाहिएको पैसा पनि दिन्थे,’ ठकुरीले भनेका छन् ।

गत माघ ९ मा रोहित आचार्य र मैले दुबईबाट साढे ३३ केजी सुन ल्यायौँ । सो सुन सदाझैँ सानु बनलाई जिम्मा लगायौँ । बेलुका हामीले ल्याएको सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने जानकारी आयो । हामीले तत्कालै गोरेलाई जानकारी गरायौँ । सानु र एलबीलाई बोलाएर सोधपुछ गर्‍यौँ ।सुन हराएको खबर भारतमा रहेका गोरेलाई जानकारी उनले गराए । उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए ।उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए । भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौँ आइपुगे ।

रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौँ आए । सबैलाई बोलाएर सोधिखोजि गरियो तर सुन फेला परेन ।६ /७ दिनपछि गोरे भारतबाट आए । सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनी सोधपुछ गरे । काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्‍याए । सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो । सबै काठमाडौँ फर्के । भुर्जुन भोटेको खोजिबन हुँदै थियो सानु बन परिवारसहित गायब भए ।महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउँछन् । तैँले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो,’ त्यही बेला सनम शाक्यको बिहे छ भनेर गोरेसँग बिदा भए । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो ।गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने ।

सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले । ‘सानु वनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौँ,’ मल्लले बयानमा भनेका छन्, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो । म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौँ ।सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोट्भित्र पठाइयो । मगरले सानु बन बाहिर नआउने भने । सानु बनलाई बोलाउन मगर फेरि गए । तर पनि बन आएनन् । केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु वनको मृत्यु भयो भन्ने खबर आयो ।सानु वनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए । उनीहरू पूर्व्तिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । उनीहरू भागेर आसामतिर गए । यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए । परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए ।

करेन्ट लगाएर मारियो सनमलाई
सिलगुढीमा गोरेको सनमा र मोहनसँग भेट भयो । त्यहाँ अलिअलि कुटपिट पनि भयो । अरूसँग पनि सोधखोज गर्दा मोहन, सनमा, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीमाथि गोरेको शङ्का बढ्यो । उनले कुरा निकाल्न नयाँ उपाय लगाए सबै जना पिकनिक जाने । उर्लाबारी नजिकैको जङ्गलमा पिकनिक गए । त्यसपछि धरानमा रहेको निर्वाना क्लबमा बसे । उनीहरू जहाँजहाँ बस्थे गोरेले सुन पत्ता लगाउन एकअर्कालाई कुट्न लगाउँथे । कहिले सनमले पिट्थे कहिले पिटाई खान्थे ।एकले अर्कालाई पिट्दा खासमा सुन हराउनमा सनमा, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा गोरे पुगे । ‘भविन राईले सुन हराएको दिन सनमा शाक्य काठमाडौँमा नै रहेको बतायो । सुन हराएको जानकारी पाउँदासमेत पूर्व छु भनी सनमले ठगेको मोहन र नरेन्द्रलाई थाहा भएको पत्ता लाग्यो । सालोको बिहेमा उर्लाबारी जान्छु भनी तर सनमा निशासिंह ठकुरीसँग काठमाडौँको होटेलमा बसेको कुरा खुल्यो ।त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिँडे ।

उनीहरू फरकफरक गाडीमा हिँड्थे । ‘फागुन १८ गते उर्लाबारी १ कान्छी चौक सोल्टीखोला नजिकको चउरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन्,’ ठकुरीले भनेका छन्, ‘मोहन काफ्लेको हात खुट्टा बाँधी गोरेले पाइपले कुट्दै थियो । सनमा र नरेन्द्र म चढेको गाडीमा थिए । उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाले ।’१८ चैतमा सबै हालको घटनास्थलमा पुग्यौँ । मोहन, सनमा र नरेन्द्रको हातखुट्टा बाँधेर पाइपले कुट्न थालियो । गोरेको निर्देशनमा म, सुरेन्द्र, टुकबहादुर र लाक्पाले उनीहरूलाई नजिकैको जङ्गल लग्यौँ । रुखमा बाँध्यौँ । र, कुटपिट गर्न थाल्यौँ । कुट्दै सोधपुछ गर्दा पनि उनीहरू केही बोलेनन् । गोरेले गाडीमा राखेर करेन्ट लगाउन निर्देशन दियो । हामीले त्यसै ग९यौँ । सोही क्रममा सनमको मृत्यु भयो ।त्यसपछि लाससहित हामी निर्भाना कन्ट्री क्लबमा पुग्यौँ । त्यहाँ पुगेपछि कोही बियर खान थाले, कोही गफ गरेर बस्न । गोरेले सञ्जेल मामालाई फोन गरेर केस मिलाइदिनु तपाईँलाई २ करोड रुपैयाँ दिन्छु भन्यो । फोन राखेपछि गोरेले मलाई सनमको लासको जिम्मा लेउ, म तिम्रो परिवारलाई ५० लाख रुपैयाँ दिन्छु भन्यो । मैले उसको कुरामा सहमति जनाएँ ।

गोरेको निर्देशनमा म, सुरेन्द्र, टुकबहादुर र लाक्पाले मोहन, सनमा र नरेन्द्रलाई नजिकैको जङ्गलमा लग्यौँ । रुखमा बाँध्यौँ । र, कुटपिट गर्दै सोधपुछ गर्न थाल्यौँ । उनीहरू केही बोलेनन् । गोरेले गाडीमा राखेर करेन्ट लगाउन निर्देशन दियो । हामीले त्यसै गरयौँ । सोही क्रममा सनमको मृत्यु भयो ।अर्को दिन बिहान २ः३० बजे सञ्जालले मलाई फोन गरी धरान बसपार्कमा बोलाए । म बसपार्क पुगेँ । उनले आफू अपराध महाशाखामा कार्यरत सइ बालकृष्ण सञ्जेल भएको बताए । सञ्जेल र मेरो भेट भएको एकै छिनमा त्यहाँ अर्का व्यक्ति पनि आइपुगे ।सञ्जालले उनी डिएसपी प्रजित केसी भएको र अबको केही महिनापछि एसपी हुने बताए । डिएसपी केसी प्रहरीको गाडी मगाएर इटहरीतर्फ लागे । हामीलाई पनि पछिपछि आउन भनियो । हामीले लाससहितको गाडीमा उनलाई पछ्यायौँ । इटहरी पुगेपछि स्वास्तिका होटेलमा बस्यौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?