सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • दोलखाको कालिन्चोकबाट काठमाडांै फर्कदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने २० जना गम्भीर घाइते भएका छन् ।
  • तीर्थयात्रका लागि भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नंम्बरको सो मिनिबस आज विहान करीब ७ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौं। दोलखाको कालिन्चोकबाट काठमाडांै फर्कदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने २० जना गम्भीर घाइते भएका छन् ।
तीर्थयात्रका लागि भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नंम्बरको सो मिनिबस आज विहान करीब ७ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। सो बस सडक घुम्तिबाट करीब डेढ सय मिटर तल सडकमा सखेको जिल्ला ट्राफिक कार्यालय खाँडीचौरका सइ राजेशप्रसाद दाहालले बताए।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बस सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा ७ पाँच किलोमा दुर्घटना भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?