नेपाली रेल सजिदै, भोली विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने
सारांश
- नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२ः३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् ।
- उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।
- ‘भोली १२ः३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले न्युज कारखानासँग भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२ः३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।
‘भोली १२ः३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले न्युज कारखानासँग भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’
उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
प्रतिक्रिया