चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
सारांश
- काठमाडौं ।
- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई स्वीकृत गरेपछि आज नियुक्ति हुँदैछ ।
- आज बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्दै सपथ खुवाउने कार्यक्रम छ ।
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई स्वीकृत गरेपछि आज नियुक्ति हुँदैछ । आज बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्दै सपथ खुवाउने कार्यक्रम छ ।
सपथ लगत्तै सर्वोच्च अदालतमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास लिएका छन् । संसदको समितिको मंगलबार बसेको बैठकले जबराको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत स्वीकृत गरेको हो।
प्रस्तावित प्रधानन्याधीशले न्यायालय सुधार्ने प्रतिबद्धतासहित कार्ययोजना समितिमा पेश गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया