प्रदेशसभाका समानुपातिक सांसद को-को ?
सारांश
- काठमाडौं, ४ माघ ।
- निर्वाचन आयोगले प्रदेशसभा तर्फको समानुपातिक प्रणाली मार्फत विजयी उम्मेदवारहरुको नामावली आज सार्वजनिक गर्दैछ ।
- प्रमुख आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको वैठकले सातवटै प्रदेशमा २ सय २० जना सांसद घोषणा गरेको थियो ।
काठमाडौं, ४ माघ । निर्वाचन आयोगले प्रदेशसभा तर्फको समानुपातिक प्रणाली मार्फत विजयी उम्मेदवारहरुको नामावली आज सार्वजनिक गर्दैछ ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको वैठकले सातवटै प्रदेशमा २ सय २० जना सांसद घोषणा गरेको थियो । राजनीतिक दलले आयोगमा पठाएको बन्दसूचि अनुसार समावेशी सहितको नामावली आज सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
प्रदेशसभामा १३ वटा राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । दलले ल्याएको कूल सदर मतको १.५ प्रतिशत ल्याउने दलले एकजना प्रदेश सदस्य पठाउन पाउने व्यवस्था छ ।
प्रदेशसभामा प्रत्यक्ष तर्फबाट ३ सय ३० जनाले विजय हासिल गरिसकेका छन् । भने २ सय २० जना समानुपातिक तर्फबाट विजयी भएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया