जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
७५५ पटक हेरिएको
Shares
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –

सारांश

  • काठमाडौं- काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि जनिशा भट्टराईले पहिलो उम्मेदवारी दिएकी छन्।
  • उनले आफ्नो उम्मेदवारी स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएकी हुन्।
  • उनको प्रस्तावकमा गेपहरी भट्टराई र समर्थकमा बद्रीराम विष्ट छन्।

काठमाडौं- काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि जनिशा भट्टराईले पहिलो उम्मेदवारी दिएकी छन्। उनले आफ्नो उम्मेदवारी स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा गेपहरी भट्टराई र समर्थकमा बद्रीराम विष्ट छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालय सभागृहमा भट्टराईले आफ्नो पहिलो उम्मेदवारी दिएकी हुन्।

त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट पूर्वसचिव किशोर थापाले पनि उम्मेवारी दर्ता गराएका छन्। साझा पार्टीले यसअघि नै उनको नाम काठमाडौं महानगरपालिकाको लागि प्रस्ताव गरेको थियो।

त्यस्तै साझा पार्टीकै निरुपमा यदवले उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा सदानन्द यादव र समर्थकमा नम्रता यादव छन्।

त्यस्तै विवेकशिल नेपाल दलका तर्फबाट रन्जु दर्शनाले पनि उम्मेदवारी दर्ता गराएकी छन्। २१ वर्षीय दर्शनाको प्रस्तावक विद्याप्रसाद गौतम र समर्थकमा सरदराज खनाल रहेका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयर पदमा निर्मलकुमार थापा र उपमेयरमा चित्रबहादुर केसीकी छोरी ऋतु सापकोटा केसीले उम्मेदवारी दर्ता गराएकी छन्।

ठूला दलको अझै टुंगो लागेन

ठूला दलले भने अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ भने नेकपा एमाले बैठकको तयारीमा छन्।

आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

(https://store.spaceylon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?