गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
सारांश
- दाङ, २१ साउन ।
- रोटरी क्लब अफ तुलसीपुर सीटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३४ सदस्यीय इन्ट्रयाक्ट क्लब पुनर्गठन गरेको छ ।
- क्लबको उपाध्यक्षमा जीवन बुढा मगर, सचिवमा धिरेन गौतम, कोषाध्यक्षमा प्रतिक्षा भट्टराई र सहसचिवमा माइकल न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
दाङ, २१ साउन । रोटरी क्लब अफ तुलसीपुर सीटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३४ सदस्यीय इन्ट्रयाक्ट क्लब पुनर्गठन गरेको छ । क्लबको उपाध्यक्षमा जीवन बुढा मगर, सचिवमा धिरेन गौतम, कोषाध्यक्षमा प्रतिक्षा भट्टराई र सहसचिवमा माइकल न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता एवं गोरखा बोर्डिङका प्राचार्य विजय जीएमको प्रमुख आतिथ्यतामा भएको थियो । क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जीएमले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कुशल तर्तालले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए । कोषाध्यक्ष सन्दिपन रिजाल र गोरखा स्कुल कक्षा ९ र १० का संयोजक बामदेव सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव बिनिल केसीले गरेका थिए ।

प्रतिक्रिया