आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च

सारांश

  • काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
  • भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्छ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिए । बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ ।

छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उनले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताए । उनले जुकाको औषधि एक वर्षदेखि पाँच वर्षभित्रका बालबालिकालाई खुवाउने बताए। उनका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमको लागि छ करोड रुपैयाँ खर्च हुनेछ।

उनले बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउने गरिएको जानकारी दिए ।

भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशै परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आज  चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
आज चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील
स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
सगरमाथाको उचाई नाप्न १५करोड
सगरमाथाको उचाई नाप्न १५करोड
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
ओली र प्रचण्डले नवनिर्वाचित सांसदहरुलाई यसरी सम्झाए
ओली र प्रचण्डले नवनिर्वाचित सांसदहरुलाई यसरी सम्झाए
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन