ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु

सारांश

  • बुटवल, २८ असार ।
  • “सवारी साधनको गति सिमित गरौं, बचौं र बचाऔं” भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा एक महिने सचेतनामुलक विशेष अभियान सुरु भएको छ ।
  • बढ्दो शहरीकरण, जनसंख्या वृद्धि तथा सवारी साधनको निरन्तर वृद्धिका कारण ट्राफिक व्यवस्थापन दिनप्रति दिन चुनौतीपुर्ण बन्दै गइरहेको अवस्थामा सम्बन्धित सबै पक्षहरुमा सचेतना अभिवृद्धि गराई सम्भावित जोखिमलाई कम गर्दै सवारी दुर्घटना न्युनिकरण गर्नको लागि मंगलबार देखि अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

बुटवल, २८ असार । “सवारी साधनको गति सिमित गरौं, बचौं र बचाऔं” भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा एक महिने सचेतनामुलक विशेष अभियान सुरु भएको छ ।

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि तथा सवारी साधनको निरन्तर वृद्धिका कारण ट्राफिक व्यवस्थापन दिनप्रति दिन चुनौतीपुर्ण बन्दै गइरहेको अवस्थामा सम्बन्धित सबै पक्षहरुमा सचेतना अभिवृद्धि गराई सम्भावित जोखिमलाई कम गर्दै सवारी दुर्घटना न्युनिकरण गर्नको लागि मंगलबार देखि अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दक्ष कुमार बस्नेतले बताए । सवारी साधनको तीव्र गति, मादक पदार्थ सेवन तथा चालकले न्युनतम सावधानी नअपनाउदा र सडक प्रयोगकर्ताले सडक प्रयोग गर्दा अपनाउने पर्ने न्युनतम सावधानी नअपनाउदा दुर्घटना भइरहेको बस्नेतले जानकारी दिए ।

त्यसै गरी पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ब्ल्याक एण्ड ह्वाइट अभियानलाई समेत निरन्तरता दिने बताइएको छ । एक महिने कार्ययोजना अन्तर्गत पहिलो हप्तामा यातायात व्यवसायी, यातायात मजदुरसंग प्रचार प्रसार तथा सुरक्षात्मक अन्तरक्रिया, भारतीय मालवाहक सवारी साधनहरुलाई सडक लेन प्रयोग सम्बन्धि घुम्ती प्रशिक्षण, सडकमा कुनै पनि कारणले गाडी रोक्नुपर्दा अपनाउनुपर्ने सुरक्षात्मक उपाय बारे जानकारी, सुरक्षित मोटरसाइकल चलाउने बारे जानकारी, सुरक्षित ओभरटेक बारे जानकारी, पर्चा पम्पलेट, टेलिभिजन एफएममा अन्तरक्रिया, रातको समयमा त्रिकोण एङगल अगाडी पछाडी राख्न जनचेतना कार्यक्रम, ई–रिक्सा प्रयोग सम्बन्धि सडक प्रशिक्षण र छाडा चौपाया हटाउने अभियान सञ्चालन गरिनेछ ।

त्यसै गरी दोस्रो हप्तामा पैदल यात्रीहरुलाई जनचेतना अन्तर्गत जेब्राक्रसको प्रयोग सम्बन्धि पैदल यात्रीलाई सडक प्रशिक्षण, जेब्रा क्रसिङ नभएको स्थानमा बाटो काट्दा ध्यान दिनुपर्ने विषयमा जानकारी, जेब्रा क्रसिङ अगाडीको स्टपिङ लाइनमा गाडी रोक्न लगाउन सचेतना फैलाउने, सडकबाट दाँया साइडबाट हिड्न जनचेतना फैलाउने, चालकहरुलाई घुम्ती प्रशिक्षण, फुटपाथ हटाउने अभियान सञ्चालन र सडकमा भिडियो डिस्प्ले कार्यक्रम गरिनेछ ।

त्यस्तै तेस्रो हप्तामा साप्ताहिक चेकिङ अन्तर्गत हुलाकी मार्ग सडक, धकधईभित्री एरिया र मुर्गिया चोकमा चेकिङ गरिनेछ । चौथो हप्तामा युवा अभियान अन्तर्गत सवारीसाधन अनुमति पत्र (लाइसेन्स) प्राप्त गरे पछि मात्र चलाउन प्रोत्साहित गर्ने तथा मोटरसाइकल सुरक्षित चलाउन र ओभरटेक गर्दा ध्यान दिनुपर्ने बारेमा जानकारीमुलक प्रशिक्षण, १०+२ का विद्याथीहरु र युवा क्लबहरुसंग अन्तरक्रिया, साइकलमा अगाडी बत्ती तथा पछाडी टल्कने वस्तु (रिप्लेक्टेट) राख्न प्रोत्साहित गर्ने, जहाँ पायो त्यही पार्किङ हुन नदिन व्यापक अन्तरक्रिया, पार्किङ व्यवस्थापन गर्ने सम्बन्धित निकायहरुसंग समन्वय गर्ने, बस स्टोपेजहरुको कार्यान्यवयन, साप्ताहिक चेकिङ अन्तर्गत हाइवे, ग्रामिण र शहरी चेकिङ गरिने तथा दैनिक चेकिङ अन्तर्गत सडकमा पार्किङ गरेका सवारी हटाउने, हटाउन नसकिने अवस्था भए टल्कने रिप्लेकटर अगाडी पछाडी राख्न लगाउने तथा दुर्घटना हुन नदिन अन्य विकल्प खोजिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । एक महिने अभियान साउन २५ गते समापन गरिनेछ ।
आचार्य प्रदीप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?