साईबाबा द्वारा १५ वर्षे बालिका बलात्कृत !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, २२ भदाै ।
  • नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
  • केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा आएका बेला साइबाबा भनिने ती ब्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित बालिका आफन्तले बताएका छन् ।

काठमाडाैँ, २२ भदाै । नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा आएका बेला साइबाबा भनिने ती ब्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित बालिका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साईबाबाले ३/४ महिना अघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत बालिकाले प्रहरी समक्ष बताएको आफन्तले जनाएका छन् ।

बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तश्राप भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित बालिकाका काकाले जानकारी दिए ।

घटना थाहा पाए लगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साईबाबा भनिने ती ब्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साईबाबा भनिने ती ब्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ परेका ती ब्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । बढैयाताल गाँउपालिकाकी १५ वर्षिय ती बालिकाको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए/नभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तहरुले बताएका छन् ।

साईबाबा भनिने ति व्यक्तिले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउने सम्बन्धि औषधीसमेत खुवाएको प्रहरी समक्ष पीडित बालिकाले बयान दिएका छन् । ४६ बर्षीय साईबाबा भनिने ती ब्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए ।
देशभरमा दिनहुँ जसो बलात्कारका घटना घटिरहदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् । नातिनी बलात्कारको घटनाले कोहलपुरमा आन्दोलन भइरहेका बेला नेपालगन्जमा फेरी भएको यो घटनाले महिला तथा बालिकाहरु असुरक्षित बनेका छन् ।

यसअघि बाँकेकै कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले बाहिरा अाएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?