डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी

सारांश

  • धनकुटा, २३ फागुन, धनकुटा नगरपालिका–९ स्थित जलकन्या सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्केपछि चार घर तथा पाँच गोठ नष्ट भएका छन् ।
  • जलकन्या सामुदायिक वनमा मंगलबार अपराह्नदेखि लागेको आगो हावाहुरीका कारण वस्तीतर्फ पसेपछि ती घरगोठ नष्ट भएका हुन् ।
  • आगलागीबाट धनकुटा–९ माङडाँडाका मानबहादुर राई, मुखजीत राई, मनकामारी राई, खगेन्द्र भण्डारी, कुलबहादुर राई, गणेशबहादुर घिमिरे, उपेन्द्र घिमिरे, तिलक घिमिरेको घर गोठ नष्ट भएको प्रहरीले जनाएको छ ।

धनकुटा, २३ फागुन, धनकुटा नगरपालिका–९ स्थित जलकन्या सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्केपछि चार घर तथा पाँच गोठ नष्ट भएका छन् ।

जलकन्या सामुदायिक वनमा मंगलबार अपराह्नदेखि लागेको आगो हावाहुरीका कारण वस्तीतर्फ पसेपछि ती घरगोठ नष्ट भएका हुन् । आगलागीबाट धनकुटा–९ माङडाँडाका मानबहादुर राई, मुखजीत राई, मनकामारी राई, खगेन्द्र भण्डारी, कुलबहादुर राई, गणेशबहादुर घिमिरे, उपेन्द्र घिमिरे, तिलक घिमिरेको घर गोठ नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, गोठ र चौपाया एवं अन्नपात जलेर करिब रु ४५ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो ।

सो क्षेत्रमा सडकको पहुँच नभएर धनकुटा नगरपालिकाको बारुणयन्त्र पुग्न नसक्दा आगो नियन्त्रण गर्न नसकिएको जनाइएको छ ।

आगलागीपीडित परिवारलाई बुधबार बिहान राहत वितरण गरिएको नेपाल रेड्क्रम सोसाइटी धनकुटाका सभापति नरेन्द्र पोख्रेलले बताउनुभयो । हालसम्म पनि आगो नियन्त्रण लिन नसकेकाले सो क्षेत्रका दर्जनाँै घर जोखिममा रहेका छन् ।

यसैबीच, जिल्लाका करिब एक दर्जन सामुदायिक वनमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । धनकुटा नगरपालिका–१० कोपात्लेस्थित सान्ने सामुदायिक वन, मूलाबारी सामुदायिक वन र वाग्ले सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ ।

यस्तै, जोरपाटी गाउँपालिकाको सिभुवा ताक्लाखर्क सामुदायिक वन र पाथिभरा सामुदायिक वनमा समेत डढेलो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
विराटनगर महानगरको ताजा मतपरिणाम
विराटनगर महानगरको ताजा मतपरिणाम
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस

तपाईंले छुटाउनुभयो कि?