७७ हजारमा भैँसी बेचेर मेयरमा उम्मेदवारी
सारांश
- महोत्तरी, भदौ २४ – महोत्तरी जलेश्वर नगरपालिकाका मेयर पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् ।
- जलेश्वर नगरपालिका-७ का ४४ वर्षका मोती अन्सारीले आसन्न स्थानीय तहको चुनावमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो ।
- चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि ७७ हजार रुपैयाँमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
महोत्तरी, भदौ २४ – महोत्तरी जलेश्वर नगरपालिकाका मेयर पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका-७ का ४४ वर्षका मोती अन्सारीले आसन्न स्थानीय तहको चुनावमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो ।
चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि ७७ हजार रुपैयाँमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेकोे अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताउनुभयो ।
प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उहाँको चुनावका लागि गाउँमा पाँच÷पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरिरहेको जनाएको छ ।
मोतीले आफू ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफू जित्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया