वनखेतमा हात्ती आतङ्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
वनखेतमा हात्ती आतङ्क

सारांश

  • बर्दियाको ठाकुरबाबा नगरपालिका–६ वनखेत गाउँमा केही दिनयता जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।
  • हात्तीले ती गाउँमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
  • हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ वनखेत गाउँमा केही दिनयता जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।

हात्तीले ती गाउँमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले गएराति तीन वटा घर भत्काइदिएको छ । ठाकुरबाबा नपा–६ वनखेतका चन्द्रकली आचार्यको कच्ची टिनले छाएको घर, जेगरुपी थारुको टिनले छाएको कच्ची घर र कुटु थारुको खरले छाएको कच्ची घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ । यसैगरी सोही गाँउका तुलाराम पौडेलको खरले छाएको भान्सा घर भत्काएर घरमा भण्डारण गरी राखिएको चामलसमेत खाएर नष्ट गरेको पीडितले बताएको छ । जङ्गली हात्तीको आतङ्कबाट करीब दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ ।

हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले त्यहाँको जनजीवन त्रसित बनेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Newlyweds Rubina & Abhinav crazily dance to Sapna Chaudhary’s ‘Teri Aakhya Ka Yo Kajal’, watch
Newlyweds Rubina & Abhinav crazily dance to Sapna Chaudhary’s ‘Teri Aakhya Ka Yo Kajal’, watch
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
सन्तोष प्रगाढले “काली”को भिडियो चाँडै सार्वजनिक गर्ने
सन्तोष प्रगाढले “काली”को भिडियो चाँडै सार्वजनिक गर्ने
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’
अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ