दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा

सारांश

  • भीमदत्तनगर, : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचनमा मतदान गरी सहयोग गर्ने घोषणा गरेका छन् ।
  • तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका छन् ।
  • राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर काँग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् ।

भीमदत्तनगर, : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचनमा मतदान गरी सहयोग गर्ने घोषणा गरेका छन् ।

तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर काँग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् ।

“हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भन्नुभयो, “जिल्लामा निर्वाचन परिचालन समितिसमेत बन्नेछ ।”
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले दुई राप्रपाको सहयोग निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वाम गठबन्धनले कञ्चनपुरमा उम्मेदवार छनोटमा यहाँका थारु समुदायलाई उपेक्षा गरेको भन्दै काँग्रेसले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले निर्वाचनअघि नै मुलुकमा चुनावी तालमेल भएर नयाँ अभ्यास शुरु भएको बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयन नहुँदै वाम गठबन्धनले संविधान परिवर्तन गर्न खोजिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली शान्ति सेनाद्वारा विद्रोहीको हमला विफल
नेपाली शान्ति सेनाद्वारा विद्रोहीको हमला विफल
मन्त्रीको आश्वासनमाथि अनुगमन, के होला कारबाही ?
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
नवलपरासीको पछिल्लो मतगणना अपडेट  !
नवलपरासीको पछिल्लो मतगणना अपडेट !
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)

तपाईंले छुटाउनुभयो कि?