उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई

सारांश

  • काठमाडौँ, ४ जेठ ।
  • सांसद विमला राईले उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएको बताएकी छन् ।
  • शुक्रबार भएको राष्ट्रियसभाको बैठकमा उनले उच्चस्तरी भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएको बताएकि हुन् ।

काठमाडौँ, ४ जेठ । सांसद विमला राईले उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएको बताएकी छन् ।

शुक्रबार भएको राष्ट्रियसभाको बैठकमा उनले उच्चस्तरी भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएको बताएकि हुन् ।

राईले भविष्यमा हुने उच्चस्तरीय भ्रमणको सुरक्षाका लागि सुरक्षाकर्मीलाई विशेष तालीम दिएर भए पनि दक्ष बनाउन र साथै धेरै कानूनसँग संविधान बाझिन सक्ने भएकाले यसको निक्र्यौल गरेर तत्काल नयाँ कानून निर्माण प्रक्रिया अगाडि बढाउन समेत माग गरिन् ।

त्यस्तै सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारवाही गर्न माग गरे ।

सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत विकास निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।
सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई दिदैं काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नु परेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद कोमल ओलीले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको, शहरी सडकमा भएको पिचसमेत एक महिनामै भत्किने गरेकाले बजेट खर्च गर्ने नाममा कमजोर निर्माण कार्य नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कविता बोगटीले कर्णालीका धेरै जिल्लाका सदरमुकाममा मात्र बैंक भएकाले स्थानीय जनता समस्यामा पर्ने गरेको हुँदा तत्काल ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न सरकारसंग आग्रह गरिन् ।

सांसद रामप्रित पासवानले सीमा अतिक्रमणले नेपाल–भारत सीमा क्षेत्रका जनता समस्यामा परेको उल्लेख गर्दै यसको तत्काल समाधान खोजिनुपर्नेमा जोड दिए ।

सांसद बलराम बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई प्रभावकारी बनाई हवाई उड्डयनलाई व्यवस्थित र सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याए ।

यस्तै, सांसद सुरेन्द्रराज पाण्डेले भारतीय सांसदले जनकपुरको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सरकारको आधिकारिक धारणा नआउनु दुःखद भएको बताए ।
सांसद वृशेषचन्द्र लालले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तीनै तहमा विद्युतीय प्रणालीबाट काम गर्ने व्यवस्था गर्न माग गरे ।

सांसद शिवराम विश्वकर्मा र रामचन्द्र राईले विकासे आयोजनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते ५ः३० बजे बस्ने छ ।

(https://vallartainfo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?