‘देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी व्यवसाय गरौं’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१६ पटक हेरिएको
Shares
‘देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी व्यवसाय गरौं’

सारांश

  •  लेखनाथ उद्योग वाणिज्यसंघको २१ औं वार्षीकोत्सव तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले व्यापार व्यवसायमा मात्र सीमित नरहन उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
  •                               ।
  • देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको हुनाले पनि देशको आर्थिक अवस्था उकास्न हरेक पेसा, व्यवसायी जिम्मेवार रहेको उनले बताए ।
 लेखनाथ उद्योग वाणिज्यसंघको २१ औं वार्षीकोत्सव तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले व्यापार व्यवसायमा मात्र सीमित नरहन उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।                              । देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको हुनाले पनि देशको आर्थिक अवस्था उकास्न हरेक पेसा, व्यवसायी जिम्मेवार रहेको उनले बताए । यसका लागिपेसालाईदीगो र विकासका लागि उत्पादनमूलक बनाउनपर्ने र हरेक व्यवसायी संगठित हुनैपर्ने उनले सुझाए ।‘देशको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण चाहिन्छ ।    जसमा निजी क्षेत्र बलियो हुनुपर्छ । त्यसमा सरकारको साथ र सहयोग चाहिन्छ,’उनले भने ।                       व्यापारमा मात्र सीमित भए आफ्नो परिवारका लागि मात्र हुने तर संगठित भएर नेतृत्वमूलक काम गरेपछि समाजकै लागि फाइदाहुने उनले बताए ।    कतिपय व्यवसायी आफ्ना व्यावासायिक समस्या समाधानका लागि व्यक्तिगत माध्यमद्वारा सिधै सरकारी निकायसमक्ष आउने प्रवृत्ति रहेको बताउँदै क्षेत्रीय प्रशासक पौडेलले व्यवसायीका मुद्दा संगठित संघसंस्थामार्फत सरकारसमक्ष आउनु सबैभन्दा प्रभावकारी हुने बताएका थिए ।      पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको राजनीतिक, सामाजिक अवस्था सुधारोन्मुख भए पनि आर्थिक अवस्था सुधार गर्न अझै धेरै चुनौती रहेको भन्दै सबै व्यवसायि, राजनीतिज्ञ, कर्मचारीतन्त्र तथा अन्या सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताए ।       नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रकाश ढकालले व्यापार, व्यवसाय सम्बन्धी स्थानीय मुद्दालाई वेवास्ता गर्न नहुने बताए । उनले हरेक समस्या समाधान तथा अधिकार प्रवद्र्धनका लागि जिल्लाका उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।       लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, शसस्त्र प्रहरी बलका सुवोध अधिकारी, राष्ट्रिय अनुसन्धान आयोग पोखराका कुलदेल थापा लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।                                                                                                                                                                                                              कार्यक्रममा वातावरण तथा सरसफाइका लागि अक्षकोष स्थापना गरेको भन्दै उद्योगवाणिज्य संघका सदस्य तथा समाजसेवी कृष्णप्रसाद ढुंगानालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, नेपाली सेना पश्चिम पृतना प्रमुख जगदीशचन्द्र पोखरेल, लेखनाथ उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लिबर्ड पोखराका अध्यक्ष कृष्णप्रसाद बराल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव छत्रधर आत्रेले गरेका थिए । धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले व्यापार व्यवसायमा मात्र सीमित नरहन उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । लेखनाथ उद्योग वाणिज्यसंघको २१ औं वार्षीकोत्सव तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको हुनाले पनि देशको आर्थिक अवस्था उकास्न हरेक पेसा, व्यवसायी जिम्मेवार रहेको उनले बताए । यसका लागिपेसालाईदीगो र विकासका लागि उत्पादनमूलक बनाउनपर्ने र हरेक व्यवसायी संगठित हुनैपर्ने उनले सुझाए ।‘देशको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण चाहिन्छ । जसमा निजी क्षेत्र बलियो हुनुपर्छ । त्यसमा सरकारको साथ र सहयोग चाहिन्छ,’उनले भने । व्यापारमा मात्र सीमित भए आफ्नो परिवारका लागि मात्र हुने तर संगठित भएर नेतृत्वमूलक काम गरेपछि समाजकै लागि फाइदाहुने उनले बताए । कतिपय व्यवसायी आफ्ना व्यावासायिक समस्या समाधानका लागि व्यक्तिगत माध्यमद्वारा सिधै सरकारी निकायसमक्ष आउने प्रवृत्ति रहेको बताउँदै क्षेत्रीय प्रशासक पौडेलले व्यवसायीका मुद्दा संगठित संघसंस्थामार्फत सरकारसमक्ष आउनु सबैभन्दा प्रभावकारी हुने बताएका थिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको राजनीतिक, सामाजिक अवस्था सुधारोन्मुख भए पनि आर्थिक अवस्था सुधार गर्न अझै धेरै चुनौती रहेको भन्दै सबै व्यवसायि, राजनीतिज्ञ, कर्मचारीतन्त्र तथा अन्या सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रकाश ढकालले व्यापार, व्यवसाय सम्बन्धी स्थानीय मुद्दालाई वेवास्ता गर्न नहुने बताए । उनले हरेक समस्या समाधान तथा अधिकार प्रवद्र्धनका लागि जिल्लाका उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।                                                                                                                                                                                                                                                                                               लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, शसस्त्र प्रहरी बलका सुवोध अधिकारी, राष्ट्रिय अनुसन्धान आयोग पोखराका कुलदेल थापा लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा वातावरण तथा सरसफाइका लागि अक्षकोष स्थापना गरेको भन्दै उद्योगवाणिज्य संघका सदस्य तथा समाजसेवी कृष्णप्रसाद ढुंगानालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, नेपाली सेना पश्चिम पृतना प्रमुख जगदीशचन्द्र पोखरेल, लेखनाथ उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लिबर्ड पोखराका अध्यक्ष कृष्णप्रसाद बराल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव छत्रधर आत्रेले गरेका थिए । धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?