केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
३२ पटक हेरिएको
Shares
केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै

सारांश

  •   राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ ।
  • बोर्डको अहिले बैठक जारी छ ।
  • बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

 

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डको अहिले बैठक जारी छ । बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डमा जारी बैठकले केहीबेरमा परीक्षाफल प्रकाशित गर्नेछ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालय एसईईले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?