प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,

सारांश

  • काठमाडौँ ४ जेठ ।
  • थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेट अनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो ।

काठमाडौँ ४ जेठ । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेट अनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरंग र एक जना धनकुटाका हुन् ।

आइतबार थपिएका तीन जना कोरोना संक्रमित मध्ये एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । अहिले थपिएका ३ सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?