द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा

सारांश

  • सन नेभर सेट भन्ने मुल नाराका साथ द आर्ट लिभिङ पोखरा सेन्टरले विश्व योगा दिवस मनाएको छ ।
  • द आर्ट लिभिङ पोखरा शाखाले पोखराको माउण्ट कैलाशमा रहेको मानसरोबर हलमा योगाको आयोजना गरेको हो ।
  •   उक्त अवसरमा द आर्ट लिभिङ पोखरा शाखा अन्तर्गत रहेका ५ सय वढी प्रशिक्षार्थीहरु योगामा सहभागीता जनाएका द आर्ट लिभिङ पोखरा सेन्टरका प्रशिक्षक शौमाया गुरुङ भट्टराइले जानकारी दिनुभयो ।

सन नेभर सेट भन्ने मुल नाराका साथ द आर्ट लिभिङ पोखरा सेन्टरले विश्व योगा दिवस मनाएको छ । द आर्ट लिभिङ पोखरा शाखाले पोखराको माउण्ट कैलाशमा रहेको मानसरोबर हलमा योगाको आयोजना गरेको हो ।

 

उक्त अवसरमा द आर्ट लिभिङ पोखरा शाखा अन्तर्गत रहेका ५ सय वढी प्रशिक्षार्थीहरु योगामा सहभागीता जनाएका द आर्ट लिभिङ पोखरा सेन्टरका प्रशिक्षक शौमाया गुरुङ भट्टराइले जानकारी दिनुभयो ।

 

विश्व योगा दिवस सन २०१५ को जुन महिनादेखि मनाउन सुरु गरिएको र सोही अनुरुप पोखरामा पनि योगा दिवस मनाउदै आइरहेको द आर्ट अफ लिभिङ पोखरा शाखाका प्रशिक्षक भावेश खनालले वताउनुभयो ।

 

२०१५ को जुनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले युएन हाउसमा योगाको बारेमा प्रस्ताव लगेपछि विश्वका ३ सय वढी देशले योगा दिवसको पक्षमा अगाडी वढेपछि अन्तराष्ट्रिय योगा दिवस मनाउन थालिएको खनालले वताउनुभयो ।

 

खनालका अनुसार योगा डे २१ जुन वर्ष भरिको लामो दिन भएकाले संसारको वढी भन्दा वढी देशमा सूर्य अस्त नहुने भएकाले सन नेभर सेट भन्ने मुल नारा सहित यो दिन विहान देखि बेलुका सम्म विभिन्न स्थानमा पुगेर योगा गर्न सकिने छ ।

 

योगाले मानिसलाई मानसिक तनाव, थकान, बाट मुक्त बनाउनुका साथै शरिरलाई स्वस्थ राख्न सहयोग गर्ने खनालको भनाइ रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?