नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
सारांश
- काठमाडौं ।
- पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीलाई पार्टी कार्यालय धुम्बराहीमा श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
- ८३ वर्षको उमेरमा शनिबार राति निधन भएका नेता अधिकारीको लाई श्रद्धाञ्जली दिन पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपाले जनाएको छ ।
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीलाई पार्टी कार्यालय धुम्बराहीमा श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
८३ वर्षको उमेरमा शनिबार राति निधन भएका नेता अधिकारीको लाई श्रद्धाञ्जली दिन पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपाले जनाएको छ ।
कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेता अधिकारीलाई श्रद्धाञ्जलीपछि अन्तिम दाह संस्कार गरिने बताइएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति निधन भएको हो ।
अधिकारी चारपटक अर्थमन्त्री र एकपटक यातायात मन्त्री हुँदा थुप्रै लोकप्रिय कार्यक्रम ल्याएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया