‘भोलि सार्वजनिक बिदा’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
‘भोलि सार्वजनिक बिदा’

सारांश

  • काठमाडौं, ११ असार ।
  • एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
  • कतार, साउदी लगायतका देशमा आज मनाइएकोले भोलि नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ ।

काठमाडौं, ११ असार । एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

कतार, साउदी लगायतका देशमा आज मनाइएकोले भोलि नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ । गल्फमा आज चन्द्रमा देखिए सरकारले भोलि सार्वजनिक बिदा दिनेछ । त्यसको विषयमा छलफल भइरहेकाले साँझसम्म निर्णय गरिने हज कमिटीका सल्लाहकार ताज मियाँले दैनिक नेपाललाई जानकारी दिए ।

उनका अनुसार गृहमन्त्रीस्तरीय बैठकले विदाको निर्णय गर्नेछ भने गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?