उदयपुर र झापामा डुबेर दुई जनाको मृत्यु
सारांश
- उदयपुर, १२ असार- उदयपुरको कटारी नगरपालिका ६ आँपटारका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
- गणेश विश्वकर्माका छोरा १४ वर्षीय डिके विश्वकर्माको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
- त्यसैगरी, शिवसताक्षी नगरपालिका ७ पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
उदयपुर, १२ असार- उदयपुरको कटारी नगरपालिका ६ आँपटारका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । गणेश विश्वकर्माका छोरा १४ वर्षीय डिके विश्वकर्माको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
त्यसैगरी, शिवसताक्षी नगरपालिका ७ पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। घर नजिकै रहेको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ का गणेश विश्वकर्माको मृत्यु भएको छ । डम्बर बहादुर विश्वकर्माका छोरा गणेशको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
गणेश पानीमा डुबेपछि उद्धार गरेर उपचारका लागि लाइफलाइन अस्पताल दकममा भर्ना गरिएको र सोही क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया