नष्ट गर्न ठीक्क पारिएका पूराना नोट, कर्मचारीका खल्तीमा पुगे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नष्ट गर्न ठीक्क पारिएका पूराना नोट, कर्मचारीका खल्तीमा पुगे

सारांश

  • फौजदारी अभियोग लगाउनुपर्नेमा बर्खास्त गरेर छाडियो  नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।
  • राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो।
  • तर, गभर्नर डा.

फौजदारी अभियोग लगाउनुपर्नेमा बर्खास्त गरेर छाडियो 

नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो।

तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन्।

गत साउनमा धुल्याउन नोट नष्ट गर्न टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा तीन नोट कम थिए। अपुग तीन हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो। जब कि टेबलमा नोटको थुप्रो नै थियो। शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो।

तर, कर्मचारीमा चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे। कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय पठाइएको थियो। आजको नयाँ पत्रिकामा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?