चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम

सारांश

  • काठमाडौं।
  • चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।
  • सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो ।

काठमाडौं। चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।”

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए । उनले भने, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ ।

(swagatgrocery)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा
विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प
विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै