नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०७४
|
|
३८२ पटक हेरिएको
Shares
नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

सारांश

  • नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ ।
  • इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो ।
  • सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो ।
नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो ।
राति पहिरो खसेपछि यात्रु अलपत्र परेका थिए । स्थानीय प्रशासनले सो ठाउँमा पटक पटक पहिरो खसेपछि दुर्घटनाको जोखिम भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
सडक विस्तारका क्रममा रहेको सो सडक खण्डको भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किमी नारायणगढतर्फ पर्छ ।
यसैगरी पहिरो खसेको स्थल नजिकै सडकबाट गए राति त्रिशूलीमा खसेका एक व्यक्तिको उद्धार गरिएको छ । नाम थर नखुलेका अन्दाजी ३५ वर्षीय ती पुरुषको टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ८ बजेतिर पहिरो खसेको स्थलबाट करिब १०० मि मुग्लिनतर्फ पैदल हिँड्दै गर्दा उनी चिप्लिएर त्रिशूलीमा खसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
अाज विश्व मुटु दिवस मनाईंदै
अाज विश्व मुटु दिवस मनाईंदै
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।

तपाईंले छुटाउनुभयो कि?