चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २२, २०७७
|
|
५५ पटक हेरिएको
Shares
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !

सारांश

  • सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए !
  • अर्थमन्त्री युवराज खतिवडाले बजेट तयारीदेखि नै गोपनीयतालाई उच्च प्राथमिकता दिएको बताएका थिए ।
  • तर बजेट घोषणाअघि झण्डै साँढे दुई सयवटा विद्युतीय गाडी एकाएक भन्सारबाट छुटाइयो ।

सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए ! अर्थमन्त्री युवराज खतिवडाले बजेट तयारीदेखि नै गोपनीयतालाई उच्च प्राथमिकता दिएको बताएका थिए । तर बजेट घोषणाअघि झण्डै साँढे दुई सयवटा विद्युतीय गाडी एकाएक भन्सारबाट छुटाइयो । त्यसरी बजेट अगावै चुहाइएको नयाँ भन्सार शुल्कसम्बन्धी सूचनाबाट ५५ करोड रूपैयाँ राजश्व झ्वाम् भयो ।

हुनतः भन्सारको नियममा एजेन्सीबाहेकले सवारी साधन पैठारी गरेमा जफत गर्ने व्यवस्था छ । महँगा भनिएका अरु कतिपय गाडी अधिकांश एजेन्सीमार्फत् पैठारी गरिएको थिएन । गाडी ल्याएकाहरूले पटक पटक क्याबिनेटमा निर्णय गराएर छुटाउने प्रयास पनि गरे । तर नसकेपछि महिनौंदेखि वीरगञ्ज भन्सारको यार्डमा रोकिए ।

भन्सार नियममा त्यसरी एजेन्सी बाहेकले पैठारी गरेको सवारी साधन सबैभन्दा पहिले भन्सारले नै जफत गर्नुपर्छ । ती गाडीको हकमा महिनौंसम्म जफतको प्रयास नै भएन ।

विशेष परिस्थितिमा जफत नगरी भित्र्याउन दिने हो भने ३० प्रतिशत थप भन्सार तिर्नुपर्ने व्यवस्था छ । तर सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए ! उता बजेट भाषणअघिका एकाध दिनभित्र २ सय ४५ वटा विद्युतीय गाडी छुटे । यता मन्त्रीज्यूले पनि भोलिपल्टदेखि आयात हुने विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ४० देखि ८० प्रतिशत थप अन्तःशुल्क लगाइदिए ।

मन्त्रीले कतिपय कृषि बीऊ,विजन र बच्चाको दूध आयातमा कर लगाइदिएका छन् । विदेशबाट आयातित चकलेटमा यसअघि भन्सारदर ४० प्रतिशत थियो । नेपालमा महँगा विदेशी चकलेटमध्ये ८० प्रतिशत भन्दा बढी विशाल ग्रुपले पैठारी गर्छ । अशोक अग्रवालको त्यो ग्रुपले जोनी वाकर ब्राण्डका महँगा रक्सीसमेत पैठारी गर्छ । उक्त ग्रुपसँग विशेष हिमचिम भएर हो वा अर्थमन्त्रीलाई मीठो लागेर हो चकलेटको भन्सारदर एकाएक ३० प्रतिशतमा झरेको छ ।

अशोक अग्रवाल तिनै व्यक्ति हुन् जो हिजो दिउँसो कमलादीस्थित गनगौर बुटिक होटलमा जुवा खेलिरहेको बेला अन्य व्यापारीसहित पक्राउ परेका छन् । अशोक मात्र एक यस्ता व्यापारी हुन् जसलाई नेकपाको सरकारले नियम मिलाएर गुन लगाउँदै आएको छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
भदौ ३ गते बुधवारको राशिफल यस्तो छ
भदौ ३ गते बुधवारको राशिफल यस्तो छ
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….
बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर