भेट्ला नेपालले २६९ रनको लक्ष्य ?
सारांश
- काठमाडौँ, १६ असोज ।
- बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा युएइसँग खेलिरहेको नेपालले २ सय ६९ रनको लक्ष्य पाएको छ ।
- टस जितेर पहिले ब्याटिङ् गरेको युएइले निर्धारित ५० ओभरमा राम्रो प्रदर्शन गर्दैै २ सय ६८ रन बनाएको थियो ।
काठमाडौँ, १६ असोज । बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा युएइसँग खेलिरहेको नेपालले २ सय ६९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ् गरेको युएइले निर्धारित ५० ओभरमा राम्रो प्रदर्शन गर्दैै २ सय ६८ रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ् गरेका युएइलाई राम्रो सुरुवात दिने क्रममा फहज नवाज र अन्स टन्डनले १ सय ५९ रनको प्रारम्भिक साझेदारी गरेका थिए । आउट हुनुअघि टन्डनले ६७ र नवाजले ८४ व्याक्तिगत रन बनाएका थिए । नेपालका लागि भने पवन सर्राफ, नन्दन यादव र रसिद खानले समान दुई दुई विकेट लिएका थिए ।
प्रतियोगिताबाट बाहिरीसकेका नेपाल र युएइका युवा टोली सान्त्वना जितको खोजिमा छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया