निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ ।
  • मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ ।

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाउँदै छन् ।

प्रवक्ता शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् । ‘अहिले सबै स्थानीय तहमा निर्वाचन कार्यालय सहज रूपमा सञ्चालनमा आइसकेका छन,’ उनले भने ।

मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले गरिरहेको छ । त्यसरी छनोट भएका जनशक्तिलाई नियुक्तिपत्र र तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।

निर्वाचन आयोगका अनुसार ४३ जिल्लामा मतपेटिका पुगिसकेका छन् । अब मतदान केन्द्रमा मतपेटिका पुर्याउने तयारी भइरहेको छ । मतपेटिकाको सुरक्षा सहज भएको स्थानमा तत्काल र सुरक्षा संवेदनशील भएका स्थानीय तहमा केही दिनपछि लैजाने तयारी आयोगले गरेको छ । एक मतदान केन्द्रमा करिब हजार मतदाता हुन्छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?