वामदेवको नयाँ दल खोल्ने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
४९ पटक हेरिएको
Shares
वामदेवको नयाँ दल खोल्ने तयारी

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ ।
  • नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।

नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । वामदेव गौतम भने कुनै गुटमा नरहेको सन्देश दिन थालेका छन् ।

नेकपा फुट्ने निश्चितप्रायः भएपछि नेताहरुको आ आफ्नो तयारी छ । ओलीमाथि प्रचण्ड समूहले कारबाहीको सिफारिश गरिसकेको छ । स्थायी कमिटीले निर्णय गरेको सिफारिश केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ । यो निर्णयसँगै नेकपाको औपचारिक विभाजन हुनसक्छ ।

नेकपा विभाजन भएमा वामदेव कता लाग्ने ? यो चासो बढेको छ । गौतम निकट स्रोतका अनुसार उनी कुनैपनि दलमा लाग्ने छैनन् । निकट स्रोतले भन्यो, उपाध्यक्षज्यू कुनै गुटमा हुनुहन्न । पार्टी विभाजन नै भएको अवस्थामा गौतमको आफ्नै तयारी भइसकेको छ । स्रोतका अनुसार उनी छुट्टै दल खोल्ने तयारीमा लागिसकेका छन् । ओली र प्रचण्ड दुवैको अलग दल भएमा गौतमको पनि अलग दल हुने बुझिएको छ ।

तर, गौतम अहिलेको सरकारमा सहभागी हुने या नहुने निश्चित भएको छैन । उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको प्रस्ताव आएको छ । त्यसमा उनी सकारात्मक बन्दै गएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
कटरीनाका कारण सलमान खुशि
कटरीनाका कारण सलमान खुशि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग