घोराही उपमहानगरमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
५० पटक हेरिएको
Shares
घोराही उपमहानगरमा एमालेको अग्रता

सारांश

  • दाङ।
  • दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ।
  • पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरी तीन हजार १२४ मतले अगाडि छन्।

दाङ। दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरी तीन हजार १२४ मतले अगाडि छन्।

चौधरीले १६ हजार ८९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ।

उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गरेका छन्।

यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ। वडा नं १, २, १४, १७ र १८ मा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार विजयी भएका छन भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेका थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
विकास निर्माणमा सरकारको ध्यानाकर्षण
विकास निर्माणमा सरकारको ध्यानाकर्षण
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने
मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?