नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म

सारांश

  • काठमाडौं, १२ चैत ।
  •   उदीयमान बजारका लागि विश्वको अग्रणी मनोरंजन प्रदायक आईफ्लिक्सले आगामी २०१८ को मार्च ३१ देखि अप्रिल १३ सम्म हुन गइरहेको टी-ट्वेन्टी क्रिकेट शृंखला रुस्लान धनगढी प्रिमियर लिग-२ को विशेष अनलाइन प्रसारण गर्न गइरहेको छ ।
  • उक्त क्रिकेट प्रतियोगिता नेपालका ६ घरेलु टीमहरू बीच धनगढीको एसएस्पी क्रिकेट मैदानमा मार्च ३१ देखि सुरु हुन गैरहेको छ ।

काठमाडौं, १२ चैत ।  उदीयमान बजारका लागि विश्वको अग्रणी मनोरंजन प्रदायक आईफ्लिक्सले आगामी २०१८ को मार्च ३१ देखि अप्रिल १३ सम्म हुन गइरहेको टी-ट्वेन्टी क्रिकेट शृंखला रुस्लान धनगढी प्रिमियर लिग-२ को विशेष अनलाइन प्रसारण गर्न गइरहेको छ ।

उक्त क्रिकेट प्रतियोगिता नेपालका ६ घरेलु टीमहरू बीच धनगढीको एसएस्पी क्रिकेट मैदानमा मार्च ३१ देखि सुरु हुन गैरहेको छ ।  सबैको प्रतीक्षामा रहेको यो क्रिकेट प्रतियोगितालाई नेपालको इतिहासमै पहिलो पटक नेपालका आईफ्लिक्स सब्सक्राइबर/ग्राहकले लाइभ हेर्न पाउनेछन् । त्यतिमात्र हैन, उक्त प्रतियोगिता सकिएपछि पनि आफूलाई मन पर्ने खेलहरू अनलाइनमै हेर्न वा डाउनलोड गरेर पनि हेर्न सकिनेछ । साथै यसमा सबै १९ खेलका हाइलाइट पनि छुट्टै रहनेछन् ।

आईफ्लिक्स नेपालकी कन्ट्री म्यानेजर भावना घिमिरे भन्छिन्, “नेपालको इतिहासमै पहिलोपटक नेपाली क्रिकेटप्रेमीहरुले डिजिटल प्लेटफर्ममार्फत अनलाइन क्रिकेटको लाइभको आनन्द लिन गैरहेका छन् । सबैको प्रतीक्षामा रहेको यो प्रतियोगिता जुनसुकै ठाउँमा जतिबेला पनि अनलाइनबाट हेर्न सकिनेछ । क्रिकेटजस्तो जल्दोबल्दो मनोरन्जन अनुभव नेपालका क्रिकेटप्रेमीहरूमाझ पस्कन पाउँदा हामी एकदमै उत्साहित छौं र रुस्लान डीपीएल-२ को एकमात्र अनलाइन प्रसारण प्लेटफर्म हुन पाएकोमा गर्ववान्वित पनि छौं । ”

धनगढि क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाही भन्छन्, “स्पष्ट अनलाइन स्ट्रिमिङ प्रदान गर्ने आईफ्लिक्सजस्तो सुपरिचित मार्केट लिडरसँग पार्टनरसीप गरेर नेपाली क्रिकेटप्रेमी माझ एक्सन-प्याक्ड टी-ट्वेन्टी क्रिकेट शृंखला अनलाइन देखाउन पाउँदा अत्यन्तै उत्साहित छौं । आईफ्लिक्सको विश्वस्तरीय प्रविधि तथा सेवाका साथमा लाखौं क्रिकेट खेलप्रेमीहरूलाई नजिकबाट सम्पूर्ण प्रतियोगिता देखाउन हामी आतुर छौं ।”

आईफ्लिक्स र एनसेल प्राइवेट लिमिटेड (“एनसेल”) बीच हालै घोषणा भएको साझेदारी अनुसार एनसेल ग्राहकहरुलाई आईफ्लिक्सको असीमित पहुँच हुनेछ – यो रुस्लान डीपीएल २ लाई पाँचवटासम्म उपकरणमा लाईभ स्ट्रिम गर्नको लागि एकदम सही अवसर हो  ।  एनसेलका ग्राहकहरुले आईफ्लिक्सका शोहरुको स्ट्रिमिङ र डाउनलोड गर्नका लागि बिशेष एनसेल डाटा प्याकेजको पनि आनन्द लिन सक्नेछन्  l

बंगलादेशको निदास ट्रफी-२०१८ र टी१० क्रिकेट लिग, इन्डोनेसियाको फुटबल इन्डोनेसियाज लिगा १, ग्लोबल फेनोमेनल मेवेदर र म्याकग्रेगरको भिडन्त, रमाइलो खेल डोटा२ (DOTA2) का लागि इ-स्पोर्ट प्रतियोगिता र मलेसियाको हालसालै घोषणा गरिएको फुटबल लिग पनि आईफ्लिक्सको अनलाइन खेलकुद स्ट्रिम अफरमा सफल भैसकेका छन् ।  त्यसैगरी आईफ्लिक्समा हरेक बर्ष हुने लिगा सुपरको लाइभ स्ट्रिम, पिअला मलेसिया, मार्की मियाला एफए प्रतियोगिता लगायतका खेलकुद कार्यक्रमले सफलता पाइसकेका छन् । अब नेपालको रुस्लान डीपीएल-२ पनि आईफ्लिक्सको अनलाइन खेलकुद प्रसारणमा प्रवेश गर्दैछ ।

रुस्लान डीपीएल-२ को डिजिटल र मिडिया प्रसारण अधिकार एपी१ टेलिभिजनसँग सुरक्षित छ l

एसिया, मध्यपूर्व र अफ्रिकाका २५ राष्ट्रमा १ अर्बभन्दा बढी प्रयोगकर्ताका लागि उपलब्ध आईफ्लिक्सले भिडियो स्ट्रिमिङका सन्दर्भमा बजारको अग्रस्थानमा आफूलाई स्थापित गरिसकेको छ l आईफ्लिक्सले आफ्ना प्रयोगकर्तालाई नयाँ एक्स्लुसिभ तथा अवार्ड जित्न सफल कार्यक्रमहरू लगायत हलिवुड, एसियन र मध्यपूर्वी उत्कृष्ट चलचित्र र टेलिभिजन शोहरूको बृहत् लाइब्रेरी प्रदान गरिरहेको छ l प्रत्येक सब्स्क्रिप्सनमा प्रयोगकर्ताले जहाँ पनि र जहिले पनि फोन, ल्यापटप, ट्याब्लेट तथा टेलिभिजन सेटजस्ता पाँच वटासम्म उपकरणहरूबाट सेवाको पहुँच प्राप्त गर्न सक्नेछन् ।

आईफ्लिक्सका बारेमा

विश्व उदीयमान बजारमा आइफ्लिक्स एउटा अग्रणी मनोरन्जन सेवा प्रदायक हो जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीमित पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ । सबैको प्रिय कमेडी, ड्रामा, के–ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाइभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्याउने काम आईफ्लिक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् ।

प्ले गरौं 

हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनाई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराइन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनान, इजिप्ट, सुडान, कम्बोडिया, नाइजेरिया, केन्या, घाना, नेपाल, बंगलादेश र जिम्बाबेमा उपलब्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल
यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
आजको राशिफल
आजको राशिफल
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट

तपाईंले छुटाउनुभयो कि?