रोष्टमबाटै नेकपाका सांसद् कड्किएपछि…
सारांश
- काठमाडाैं,१८ भदाै ।
- सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
- प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भइरहेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
काठमाडाैं,१८ भदाै । सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भइरहेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
विकास निर्माण लगायत काममा पनि सरकार अघि बढिरहेका बेला संघीयता नै खतरामा पार्ने गरी विभिन्न क्षेत्रबाट सरकारलाई घेराबन्दी गर्ने काम भइरहेको उनको भनाइ थियो ।सरकारमाथि भइरहेका विभिन्न किसिमका घेराबन्दीले आफूलाई १७ साल देखिको राजनीतिक इतिहासको सम्झना आएको भन्दै उनले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएकोतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए।
उनले भने, ‘कानून मिच्न किन उद्धत बनाइँदै छ ? किन हजारौंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरू ? किन स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औ तहका पदपूर्ति गर्न पहल गर्दैन ? किन हड्तालका आयोजकहरूलाई स्वास्थ्य मन्त्रालयको तालाचाबी दिइँदै छ ?’
प्रतिक्रिया