संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
२२ पटक हेरिएको
Shares
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु

सारांश

  • काठमाडौँ ।
  • ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ ।
  • आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।

काठमाडौँ । ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ ।

आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो । 

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहनुभएको थियो । त्यस्तै, जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीन जना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो । सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेल्सी र आर्सनलको पहिलो लेगमा बराबरी
चेल्सी र आर्सनलको पहिलो लेगमा बराबरी
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
Narcissistic Behavior in a Relationship
यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्
यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान

तपाईंले छुटाउनुभयो कि?