महिलामाथि तेजाब प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
महिलामाथि तेजाब प्रहार

सारांश

  • चन्द्रौटा, २५ फागुन स् कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ ।
  • तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् ।
  • गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

चन्द्रौटा, २५ फागुन स् कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ ।

वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ । तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
काठमाडौंमा डिजिटल पार्किङका लागि प्रक्रिया शुरु
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
Women’s Health Tips for Heart, Mind, and Body
Women’s Health Tips for Heart, Mind, and Body
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु
आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !

तपाईंले छुटाउनुभयो कि?